२०७९ जेष्ठ ५, बिहिबार
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये ५ पुरुष र २ महिला छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोरङमा ६६–६६ वर्षका दुई पुरुष, काठमाडौंमा ८८ वर्षीय पुरुष र ८५ वर्षीया महिला, भक्तपुरमा ८२ वर्षीय पुरुष, ललितपुरमा ६६ वर्षीया महिला र नवलपरासीमा ३१ वर्षीय पुरुषको कोरोना संक्रमणले मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ३९० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा संक्रमित हुनेहरुमध्ये ०.६३ प्रतिशतको ज्यान गएको छ ।
गोरखा सञ्चारद्वारा संचालित
गोरखा सञ्चारडट कम का लागि
काठमाडौं-२६, बागमती प्रदेश
ईमेल: info@gorkhasanchar.com
सम्पर्क फोन- +९७७-९८४६६१७२२७
सूचना विभाग दर्ता नम्बर: